• नेपाली काँग्रेस सप्तरीको सभापतिमा डा। शेखर कोइराला पक्षबाट उम्मेदवार रामदेव साह विजय भएका छन् । संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गर्दै ११ सय ८६ मत प्राप्त गरि उनी विजयी भएका हुन् ।

    यादवले १ हजार ७० मत प्राप्त गरेका छन्।मंगलबार सम्पन्न मतदानको मत गणना बिहिवार बिहानदेखि शुरू भएको थियो कांग्रेस सप्तरीमा कुल २ हजार ५३५ मतदाता छन् ।

    जसमध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए । सभापति सहित ८५ पदका लागि मतदान भएको छ।उपसभापति सहित अन्य पदको मतदान अब शुरूहुने मतदान अधिकृत डा। रुद्र शर्माले जनाएका छन ।

4565