• रुसले आक्रमण सुरु गरेपछि १२ लाख भन्दा बढी सर्वसाधारण युक्रेनबाट बिस्थापित भइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ । रुसले युक्रेनमा गरेको आक्रमण १० औँ दिनमा प्रवेश गर्दैगर्दा युद्धबाट ज्यान जोगिन १२ लाख बढी सर्वसाधारणले युक्रेन छाडेका हुन् ।

    शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगका अनुसार बिस्थापित भएका मध्ये आधा बन्दा बढीले छिमेकी देश पोल्याण्डमा शरण लिएका छन । तथ्यांक अनुसार पोल्याण्डमा ६ लाख ५० हजार युक्रेनीले शरण लिएका छन ।

    एक लाख ५० हजार जना हंगेरी पुगेका छन । बाँकी छिमेकी देशहरु माल्डोभा, स्लोभाकिया र रोमानिया गएको उच्चायोगले जनाएको छ । शरणार्थीको संख्या अझै बढ्ने र त्यसका लागि ठूलो मानवीय सहायताको खाँचो पर्ने बताइएको छ । युद्ध जारी रहेमा ४० लाख मानिस बिस्थापित हुने अनुमान गरिएको छ ।

4565