• नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा कम्युनिष्टहरुले उत्तेजनाको राजनीति गर्ने गरेको आरोप लगाएका छन् । शुक्रवार कास्कीमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले एमसीसी प्रकरणमा मागेर देश चल्छ भनेर आवाज उठाउनेहरुको परिवार नै अमेरिकामा रहेको भन्दै उत्तेजनाको राजनीति नगर्न आग्रहसमेत गरे ।

    महामन्त्री थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित स्थानीय तहको कमिटीलाई नै दिइने बताए । उनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने कि नगर्ने भन्ने जिम्मा पनि स्थानीय कमिटीलाई नै दिने स्पष्ट पारे । महामन्त्री थापाले संसदको अवरोध जारी रहेमा मंसिर अघि नै संसदीय चुनाव हुनसक्ने पनि बताए ।

4565