• पछिल्लो विकसित विश्व राजनीतिक घटनाक्रमले सुन बजार पनि प्रभावित भएको छ। विशेष गरी रुस युक्रेन युद्धसंगै सुनको मूल्य आकाशिएको छ।सुनको बजार मूल्य आकाशिएसँगै नेपाली बजारमा यसको व्यापार पनि कमी हुन थालेको छ।

    विश्व बजारमा आएको जटिल परिस्थितिले सुनको मूल्यमा वृद्धि भएको छ। रुस युक्रेन युद्धसंगै सुनको मूल्यमा भारी वृद्धि भएसँगै कारोवारमा कमी आउन थालेको छ। सुन तोलामा नेपाल बजार मूल्य एक लाखको हाराहारीमा पुग्न थालेपछि गहनाको कारोवारमा घट्न थालेको हो । विहिवार सुनको मूल्य नेपालमा प्रतितोला ९९ हजारमा कारोवार भयो । रसिया र युक्रेन युद्धको परिणाम नेपाली बजारमा सुनको मूल्य बढेको व्यवसायी बताउँछन् ।

    सुनको मूल्य ह्वातै बढेसँगै गहना किन्नेहरुको चहलपहलमा कमी आएको छ । सिजनमा दैनिक ३० देखि ३५ केजी सुन खपत हुने गरेकोमा अहिले यसमा कमी आएको छ। अहिले भाउमा आएको वृद्धिले दैनिक १५ केजी सम्म सुनको खपत हुने गरेको तथ्यांक छ। सुनको मूल्य बढेर प्रति औंस २ हजार भन्दा बढी हुने आंकलन गरिएको छ । द्धन्दका बेला सुनमा लगानी गर्दा सम्पत्ति सुरक्षित हुने भएकाले पनि माग वृद्धि भएसंगै यसको मूल्य पनि वृद्धि हुने गर्दछ ।

    सुनको सिमित कोटाले व्यवसायीहरुले समस्या खेप्दै आएका छन् । पछिल्लो समय सुनको बजार मूल्य मूल्य बढेपछि व्यापारमा समेत मन्दी आएको छ। सुनको कारोबारमा आएको कमीसंगै मुलुकको अर्थतन्त्र समेत प्रभावित भएको छ।

4565