• नेपाली कांग्रेसले १० वटा भ्रातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद सकिँदा पनि अधिवेशन हुन नसकेका १० वटा भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरी नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले आवश्यक परामर्श गरेर फागुन मसान्तभित्र केन्द्रिय तदर्थ समिति गठन गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

    काँग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी एक महिने संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।

4565