• नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने भएको छ । कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा १६ जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको हो । याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे भने कांग्रेसले आइतबारको बैठकवाट निर्णय लिने भएको छ ।

    भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान बैठकमा पेश र विधानका आधारमा जे आवश्यक पर्छ अर्को बैठकवाट निर्णय गर्ने कांग्रेसको तयारी हो । कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक आइतबार दुई बजेका लागि बोलाइएको छ ।

4565