-
कर्णाली प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएकाछन् । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री जीवनबहादुर शाहीले आईतबार नियुक्त गरेका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ दमडुल कार्चेन लामा, जलस्रोत तथा उर्जामन्त्री गणेशप्रसाद सिंह, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीलाई पद तथा गोपनीयताको शपथ गराएकाहुन ।
News Desk 0 response आइतवार, माघ २३, २०७८सरकारमा नियुक्त मन्त्रीहरूमा सत्ता गठबन्धन दलहरूमा सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्र बाट जलस्रोत तथा ऊर्जामन्त्री सिंह जाजरकोट र पर्यटनमन्त्री लामा हुम्ला निवासी हुन् । यस्तै सत्ता गठबन्धनभित्रको दोस्रो ठूलो दल कांग्रेसबाट सामाजिक विकासमन्त्री बिसी सुर्खेत र आन्तरिक मामिला तथा कानुनमन्त्री शाही दैलेख निवासी हुन । यस्तै एकीकृत समाजवादीबाट भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त रोकाय जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन । गत कात्तिक १६ गते मुख्यमन्त्री बनेका शाहीले यसअघि माओवादीबाट विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री र एकीकृत समाजवादीबाट दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरेका थिए । आज पाँच मन्त्री नियुक्त गरेसँगै आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएर कर्णाली सरकारले पूर्णता पाएको छ ।रासस
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२