• परराष्ट्रमन्त्री डा. नारायण खड्काले सडकमा होहल्ला गरेकै भरमा स्थानीय निकायको चूनावको मिति घोषणा नहुने स्पष्ट पारेकाछन् । शनिबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको प्रशासकिय भवन र १५ शैयाको आधारभुत अस्पातालको शिल्यानास गर्दै मन्त्री खड्काले कसैको दवावका आधारमा नभएर राज्यका ऐन नियम अनुसार स्थानीय निकायको चूनावको मिति घोषणा गर्ने बताएकाहुन ।

    उनले स्थानीय चूनावका बिषयमा सरकार र निर्वाचन आयोग बिच छलफल भएको र छिटै मन्त्रीपरिषद्ले मिति तोक्ने बताए । त्यस्तै मन्त्री खड्काले एमाले आफु सरकारमा हुँदा एमसीसी राष्ट्रको हितमा रहेको भन्दै संसदबाटै पारित गराउन लागि परेको तर प्रतिपक्षीमा आएपछि अनाश्यक बिरोध गरेको बताए । एमसिसी सबैको सहमतीमा मात्र पास हुने पनि उनले बताए ।

    चौदण्डीगढी नगरपालिकाले ५ करोड ७६ लाखको लागतमा घेराबेरा, लिफ्ट सहितको साढे तीन तले भवन निर्माण सम्पन्न गरेको हो । त्यस्तै अस्पताल साढे १२ करोडको लागतमा आर्थिक बर्ष ०७९÷०८० भित्र सम्पन्न हुने गरी निर्माण सुरु गरिएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ।

4565