-
एमसीसी विवादले सत्तागठबन्धनको भविष्य अन्योल बनेको छ । सभामुख, माओवादी केन्द्र र एकीकृत समाजवादीको अडाननै कारण एमसीसी संसदमा प्रवेश पाउन सकेको छैन । उता, प्रमुख प्रतिपक्षी दल एमाले भने एमसीसीलाई सत्ता गठबन्धन टुटाउने अस्त्रको रुपमा प्रयोग गर्न चाहन्छ ।
सभामुख अग्नि प्रसाद सापकोटा एमसीसीका विषयमा सर्वदलीय सर्वपक्षीय सहमतीको पक्षमा उभिदै आएका छन् । सभामुखका साथै सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको अडाननै कारण एमसीसी संसदमा प्रवेश पाउन सकेको छैन ।
एमसीसी विवादले सत्तागठबन्धनको भविष्य समेत अन्योल बनेको छ । पाँच दलिय सत्ता गठबन्दनमा नेपाली काग्रेस र जनता समाजवादी पार्टी खुलेरै पास गर्नुगर्ने पक्षमा उभिएको छ । स्थानिय चुनावको विषयले विवादित सत्ता गठबन्दन भित्र एमसीसी प्रवेश गरेसँगै गठबन्दनको भविष्य थप अन्योल बनेको छ ।
उता, पार्टीले कारवाही गरेका सांसदहरुलाई निष्कासन नगर्दा पार्टी विभाजन भएको र विरोधका वावजुत संसदबाट बजेट पास गरेको विषयलाई लिएर प्रमुख प्रतिपक्षीदल नेकपा एमाले सभामुखसँग प्रतिसोध साध्न चाहान्छ । सत्ता गठबन्दन टुटाउने र सभामुखलाई महाअभियोग लगाएर हटाउने खेलमा एमसीसीलाई अस्त्र बनाउने दाउमा एमाले देखिन्छ । एमसीसी संसदमा पेसभएपछि निर्णय लिने बताउदै आएको एमालेले सभामुखलाई हटाएरै छाड्ने खेलमा रहेको प्रष्ट देखिन्छ ।
स्थानिय निकाय चुनाव र चुनावि गठबन्दनको विषयले पार्टीभित्रै बाट दवाव खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका विषयमा भने सबैको साथ पाएका छन् । एमसीसीलाई धेरै विवादीत नबनाई संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा काग्रेसमा एकमत देखिन्छ ।
सहमतिमा एमसीसी अघि बढाउन गठबन्दनले एमसीसी अध्ययन कार्यदन गठन गरेको छ । गठबन्दन भित्रका काग्रेस एमसीसी पासगर्न विलम्ब गर्न नहुने पक्षमा उभिदा कार्यदलका संयोजक झलनाथ खनालले भने यथास्थितिमा एमसीसी पास गर्न नहुने बताउँछन् ।
विवादीत एमसीसीका विषयमा राष्ट्रिय समहमति आवसेक रहेको अवस्थामा दलहरुले भने प्रतिशोध साध्ने विषय बनाइरहेका छन् । यसरी राष्ट्रिय चासोको विषयमा समेत दलहरु एकठाउ उभिन नसक्नुले दलहरु प्रति नागरिकको विश्वास भने घट्न थालेको छ ।
News Desk 0 response बुधबार, माघ १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२