• नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनको पूर्व माओवादी नेता डाक्टर बाबुराम भट्टराइले आलोचना गरेका छन । महाधिवेशनमा प्रस्तुत दस्तावेजले पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको उनको टिप्पणी छ ।

    हाल जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष रहेका नेता भट्टराईले दाहालको प्रतिवेदनलाई काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तै भनेका छन । दाहालको प्रतिवेदनलाई उनले असली बाजेको पेडा बेच्ने होडबाजी र अबोध कार्यकर्ता केही बर्ष अरू झुक्याउने खाले भनेका छन ।

    नेता भट्टराईले पपुलिज्म वामपन्थी वा दक्षिणपन्थी जुनसुकै खोलमा आए पनि त्यो समाजका लागि हानिकारक हुने उल्लेख गरेका छन् । माओवादी केन्द्रका अध्यक्षले जनतालाई नेताले बाटो देखाउनुपर्नेमा भ्रम छर्न खोजेको आरोपसमेत लगाएका छन् । दाहालले सोमबार महाधिवेशनमा २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

4565