• प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठकमा संसद्मा रहेका सबै राजनीतिक दलहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    शुक्रवार प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्ताका क्रममा तत्काल सर्वदलीय बैठक बोलाउने सहमति भएको थियो । संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ । त्यस्तै, अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसद्मा दर्ता भएर बसेको छ । उक्त सम्झौता संसद्बाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ । तर सत्तारुढ दलबीच नै एकमत नहुँदा एमसीसी सम्झौता अगाडि बढ्न सकेको छैन ।

    यसैबीच, प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ । नेकपा एस सहभागी हुने बैठकमा आफू सहभागी नहुने एमालेले जनाएको हो ।

4565