• नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले अवको निर्वाचनमा केपी ओलीले झापाको आफ्नै निर्वाचन क्षेत्रमा पनि जित्न नसक्ने दावी गरेका छन् । शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेता खनालले ओलीले मुलुक र जनतामाथि घात गरेको भन्दै अवको निर्वाचनमा झापाबाट पनि चुनाव जित्न नसक्ने दावी गरे । उनले ओलीलाई आकाशे खुर्सानीको संज्ञा दिँदै जनतामाथि गद्धारी गरेको आरोप पनि लगाए ।

    कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्ताहरु एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

4565