• नेपाली कांग्रेसको सभापति पदमा पराजित डा. शेखर कोइरालाले निर्वाचनमा हारे पनि आफूहरूले राजनीतिमा जितेको दाबी गरेका छन् । सभापति पदको मतपरिणाम सार्वजनिक भएको २ दिनपछि शुक्रबार विज्ञप्ति जारी गर्दै कोइरालाले पार्टीभित्र आफ्नो समूहको निष्ठा र सिद्धान्तको विजय भएको बताएका हुन् ।

    विजयी अन्य पदाधिकारीलाई बधाई दिँदै कोइरालाले कांग्रेस परिवर्तनको पक्षमा उभिनेहरु मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नभएको पनि उल्लेख गरेका छन् । उनले पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रूपमा लिँदै कांग्रेस रूपान्तरणको एजेन्डामा निरन्तर क्रियाशील हुने प्रतिवद्धता पनि जनाएका छन् । कोइरालाले सभापतिमा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बधाई र शुभकामना दिँदै देउवाको कार्यकालमा नेपाली कांग्रेसको गौरव पुनस्र्थापित हुने विश्वास पनि व्यक्त गरेका छन् ।

4565