• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने आरोपको खण्डन गरेका छन् । उनले उक्त आरोप शतप्रतिशत झुटो भएको बताएका छन् । उनले दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखापरेका एमाले गुटका अध्यक्ष ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भनेका छन् ।

    एमाले अध्यक्ष केपी ओलीले बुधबारको एक कार्यक्रममा दाहाल र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको र दुईजना बीचको साँठगाँठमा उपद्र मच्चाइएको अभिव्यक्ति दिएका थिए ।

4565