• नेपाली काँग्रेसको सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवालाई दोस्रो चरणको निर्वाचनमा नेता विमलेन्द्र निधिले पनि साथ दिने निर्णय गरे । मंगलबार मध्यबानेश्वरस्थित आफ्नै निवास पुग्नु भएका देउवासँगको भेटपछि सभापतिका उम्मेदवार रहेका निधिले पहिलो चरणमा भएको मतदानको परिणामलाई आत्मासात गरेर आफूले दोस्रो चरणको निर्वाचनमा देउवालाई नै सभापतिमा पूर्ण समर्थन गर्ने निर्णय गरेको जानकारी दिएका थिए ।

    निधिले पहिलो चरणको निर्वाचनमा सभापति पदमा २५० मत प्राप्त गरेका थिए । यसैगरी, सभापति पदका उम्मेदवार कल्याण गुरुङले समेत देउवालाई समर्थन गरेका छन् ।

4565