• कांग्रेस सभापतिको दोस्रो मतदानमा प्रकाशमान सिंहले शक्ति बाँडफाँडसहित प्रधानमन्त्री पदसम्म दिने वचन पाएपछि शेरबहादुर देउवालाई समर्थन गरेको बताइएको छ । पहिलो चरणमा सोमबार भएको मतदानमा पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीचको प्रतिष्पर्धामा सिंहले देउवालाई सघाउने निर्णय गरेका थिए ।

    सिंहलाइ भेटन देउवाका दुतका रुपमा गृहमन्त्री बालकृष्ण खाँड चाक्सीबारी पुगेका थिए । पछि स्वयं प्रधानमन्त्री देउवा नै सिंह निवास पुगेर सहमति गरेको बुझिएको छ । देउवाले ५० प्रतिशतभन्दा ८२ मत मात्र कम ल्याएका थिए । आफ्ना मतदाताहरुसँगको भेटमा सिंहले देउवाबाट पार्टी र राष्ट्रिय राजनीतिमा पर्याप्त अवसर पाउने प्रतिबद्धता पाएपछि आफूले उनलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिएका थिए ।

4565