• प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीलाई एकढिक्का बनाएर बलियो बनाउनुपर्ने बताएका छन । नेपाल मुस्लिम संघले शनिबार काठमाडौंमा आयोजना गरेको मुस्लिम महाधिवेशन प्रतिनिधिलाई स्वागत कार्यक्रममा देउवाले आगामी निर्वाचनमापार्टीलाई बहुमत दिलाउन पार्टीलाई एकतावद्ध भएर बलियो बनाउनुपर्ने बताएका हुन ।

    उनले पार्टी नेतृत्वमा आउनेले पार्टीलाई शसक्त बनाउनुपर्ने भएकाले उक्त जिम्मेवारी आफुले पुरा गर्ने स्पष्ट पार्नुभयो । अहिले मुलुकलाई अघि बढाउनका लागि र सवैको अधिकार स्थापीत गर्न पनि कांग्रेस नेतृत्वको सरकारको निरन्तरता आवश्यक रहको बताए ।कार्यक्रममा महाधिवशेनका लागि आएका मुस्लिम महाधिवेशन प्रतिनिधिलाइ सम्मान पनि गरिएको थियो ।

4565