• नेपाली कांग्रेसका युवा नेता गगन थापाले अव पनि कांग्रेस नसुध्रिए पार्टी नै सकिने बताएका छन् । मंगलबार काठमाडौंमा कसले सुधार्छ कांग्रेस ? नामक पुस्तक बिमोचन गर्दै नेता थापाले कांग्रेसलाई बलियो बनाएर सुधार्नुपर्ने भन्दै नसुध्रिए पार्टी सकिने बताएका हुन् ।

    उनले कांग्रेसको अस्थीत्व नभए नागरिकको अधिकार पनि कायम नरहने दाबी गरे । थापाले १४ औं महाधिवेशन नेतृत्व छनोटका लागि मात्रै भएको र नीति महाधिवेशन पछि मात्रै हुने जिकिर समेत गरे ।नेता थापाले पार्टीसंगको आवद्धता निर्वाचनका लागि मात्र हो भन्ने चिन्तनबाट बाहिर निस्कनुपर्नेमा पनि जोड दिए ।

4565