-
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धेरैले पुरातन सोचका पाका व्यक्तिहरुको पार्टी ठान्छन् । तर, राजतन्त्रको एजेन्डा बोकेको यस पार्टीमा युवा–युवतीको पुरै खडेरी भने छैन । राप्रपामा निर्वाचित भएको नयाँ नेतृत्वमा पनि थुप्रै युवा अनुहारहरु देख्न सकिन्छ ।बारा जिल्लाकी २३ वर्षकी सुष्मा मिश्र राप्रपाको केन्द्रीय समितिमा निर्वाचित भएकी छन् । उनी राप्रपाकी कान्छी केन्द्रीय सदस्य बन्न सफल भएकिछिन । कमल थापाको प्यानलबाट उम्मेदवार भएकी सुष्माले १२८७ भोट ल्याउँदै केन्द्रीय सदस्य चुनिएकी हुन् ।
सुष्मा हाल राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष छिन् । उनी राप्रपाको बारा क्षेत्र नम्बर ३ कि क्षेत्रीय उपाध्यक्षसमेत हुन् । आगमी दिनमा पार्टी राजनीति र विद्यार्थी राजनीतिलाई एकसाथ बढाउने उनको योजना छ ।जितपछि प्रतिक्रिया दिँदै सुश्माले आफ्नो व्यक्तिगत राजनीतिमा यसले ठूलो अर्थ राख्ने बताइन् ।
उनले भनिन्, ‘जित्छु भन्ने आशा थियो । तर, हारका लागि पनि तयार थिएँ । चुनावी प्रक्रियामा हार जितलाई सामान्यरुपमा लिनुपर्छ ।’राप्रपाले बोकेको राजसंस्था र हिन्दू राज्यको ऐजेन्डा मनन गरेर राजनीति गर्न यो पार्टी रोजेको सुश्माले बताइन् । उनले कक्षा १० पढ्दै गर्दा राजनीति सुरु गरेकी थिइन् । हाल बीएएलएलबी चौथो वर्षमा अध्ययरत उनी पढाइ र राजनीतिलाई सँगसँगै अगाडि बढाइरहेकी छन् ।
महाधिवेशनमा सुष्माले अध्यक्ष पदमा कमल थापालाई समर्थन गरेकी थिइन् । थापा पराजित भए पनि आफूलाई पार्टी नेतृत्वमा प्रतिकुलता नहुने उनले विश्वास लिएकी छन् ।‘हाम्रो प्यानलका धेरैजना विजयी हुनुभएको छ, त्यसैले म आत्तिएकी छैन,’ उनले भनिन् ।
News Desk 0 response आइतवार, मंसिर १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





