• जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अग्रगमनको बाधक शक्तिका रुपमा उदाएको बताएका छन् । आईतबार बुटवलमा संचारकर्मी संग उनले प्रतिनिधिसभा विघटनदेखि महाधिवेशनसम्म आइपुग्दा एमाले प्रतिगमनको नेतृत्व गर्ने दलको रुपमा स्थापित हुँदै गएको बताएका हुन् ।

    उनले मुलुकलाई राजनीतिक जटिलतातर्फ धकेलेर एमाले अध्यक्ष ओलीले प्रतिगमनको नेतृत्व गरिरहेको र चितवनमा जारी एमाले महाधिवेशनले त्यसलाई थप पुष्टि गरेको आरोप लगाए ।

    प्रतिगमनकारी शक्तिको नेतृत्व दरबारिया शक्ति र बाह्य शक्तिहरुको नेतृत्व ओलीले गरिरहेको पनि आरोप लगाए । पुराना राजनीतिक शक्तिले जनतामा वैचारिक भ्रम छर्ने काम गरेको र लोकतान्त्रिक मूल्य मान्यताहरु स्खलित हुँदै गएकोे उनको भनाइ छ ।

4565