-
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अब देशका कुनै पनि नागरिकले कोभिड–१९ विरुद्ध खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताउनुभएको छ ।
आज मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुईदिने राष्ट्रिय भेलामा उहाँले सरकारले छ करोड खोपको सुनिश्चितता गरेको बताउनुभयो । मन्त्री खतिवडाले भन्नुभयो, “करिब एक करोड डोज खोप जनतालाई लगाइसकेका छौ, विश्वस्वास्थ्य सङ्गठनबाट सहयोगमा आउने २० प्रतिशत खोपबाहेक अरु खोप ल्याउन सरकारले केही सम्झौता गरिसकेको छ, केही सम्झौताको चरणमा छ, जनताका लागि छ करोड खोप सुनिश्चित गरिसकेका छौँ, अब खोपको अभाव हुँदैन ।”
News Desk 0 response शुक्रबार, मंसिर ३, २०७८उहाँले १२ वर्षदेखि १८ वर्षका नागरिकका लागि एक करोड खोप सम्झौता भइसकेको जानकारी दिनुभयो । अमेरिकामा पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाएको र भारत तथा चीन पनि त्यस्ता खोपको परीक्षण भइरहेकाले त्यो सफल हुनेबित्तिकै १२ वर्षभन्दा तल पाँच वर्षसम्मका बालबालिकाका लागि पनि खोप ल्याउने उहाँको भनाइ छ । उहाँले दुई डोज खोप दिएर नपुग्ने भन्दै तेस्रो डोज खोज बुस्टर लगाउनुपर्ने चर्चा चलिरहेकाले त्यसबारेमा पनि सरकारले छलफल चलाएको र आवश्यकता परे तेस्रो डोज दिनका लागि बुस्टर खोप पनि ल्याइने बताउनुभयो । अहिले केन्द्र र स्थानीय सरकार भए पुग्छ, प्रदेश सरकार चाहिँदैन भनेर बहस चलेको बताउँदै मन्त्री खतिवडाले भन्नुभयो, “प्रदेश चाहिँदैन भनेर निर्णयमा पुग्ने बेला आइसकेको छैन, अहिले यो प्रयोगात्मक परीक्षणमै छ, अझै कार्यकाल प्रयोगात्मक अवस्थामा प्रदेश सञ्चालन भएपछि मात्रै त्यस बहसका बारेमा छलफल गर्ने बेला आउँछ ।” स्वास्थ्य बीमा भुक्तानीको व्यवस्थापनमा आएको चुनौतीलाई पन्छाउँदै सरकारले बीमाको बाँकी भुक्तानी छिटै गर्ने बताउँदै उहाँले प्रत्येक नागरिकलाई अहिले तिरेको रु तीन हजार ५०० पनि नतिर्ने गरी निःशुल्क स्वास्थ्य बीमा गराउन कति बजेट लाग्छ भनेर अध्ययन भइरहेको जानकारी दिनुभयो । एमालेका अध्यक्ष केपी ओलीको गुटका रूपमा पार्टी चलेपछि विद्रोह गरेको भन्दै मन्त्री खतिवडाले भन्नुभयो, “नीति नभई नेता प्रधान भएको र ओलीको टाङमुनि बस्नुपर्ने भएपछि पार्टीबाट विद्रोह गरेका हौ, ७० करोड, ओम्नी र मनोहरा कटाउँछौँ भन्ने गुण्डालाई लिएर पार्टी फुटाउने योजनामा रहेको थाहा पायौँ, त्यसैले विद्रोह ग¥यौँ ।” केपी ओलीलाई केन्द्रदेखि सातवटै प्रदेशबाट सत्ताच्यूत गरेर देखाइदिएको भन्दै उहाँले भन्नुभयो, “बालुवाटारबाट बालकोट पु¥यायौँ, बालकोटको पनि बार्दलीमा छन्, अबको चुनावबाट ओलीलाई बार्दलीबाट बगरमा पु¥याइदिन्छौ ।” अबको तीन तहकै चुनावमा नेकपा समाजवादी एमालेभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै मन्त्री खतिवडाले भन्नुभयो, “अब एमाले राप्रपाको वैशाखी टेकेर चुनावमा जाँदैछ, हामी प्रजातान्त्रिक बाम गठबन्धन बनाएर चुनावमा जाँदैछौँ, ओली अबको चुनावमा एउटा काँधमा हलो, अर्को काँधमा सूर्य र अगाडि गाई लगाएर हिँड्ने छन्, त्यसपछि देखिने छ, पार्टीको हैसियत ।” कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी खापुङले यो सरकारमा जति बसिन्छ, त्यतिञ्जेल नराम्रो काम नगर्ने प्रतिबद्धताका साथ अगाडि बढेको बताउनुभयो । उहाँले संविधानमाथि आक्रमण गरेपछि आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीलाई सत्ताबाट हटाएर प्रतिद्वन्द्वीलाई सरकारमा लगेको बताउँदै नेकपा समाजवादीको सफलता यो पनि रहेको चर्चा गर्नुभयो ।रासस
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३





