• प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६९ को उपचार २ को खण्ड ख बमोजिम यादवलाई पदमुक्त गरेका हुन् ।

    नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन यादवलाई बर्खास्त गरिएको हो । यसअघि यादवलाई राजीनामाका लागी आग्रह गर्दा नमानेपछि पदमुक्त गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

4565