-
प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाल संवत्को सांस्कृतिक महत्वलाई प्रवद्र्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताएकाछन् ।
नयाँ वर्ष नेपाल संवत् ११४२ का अवसरमा आज ललितपुरको मङ्गलबजारमा सांस्कृतिक र्यालीको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले नेपाली संस्कृति र जनजीवनको भावनासँग जोडिएको नेपाल संवत्को ऐतिहासिकता र महत्वलाई थप प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए।
उनले नयाँ वर्षका अवसरमा शुभकामना दिँदै सरोकार भएका पक्षको सुझाव र मागका आधारमा सरकारले उक्त संवत्का लागि गर्नुपर्ने प्रवद्र्धन र संरक्षणमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।
विभिन्न जातीय संस्थाले हरेक वर्ष मनाउँदै आएको उक्त संवत्का अवसरमा यस वर्ष देउला समाजको संयोजन र नेपाल खड्गी समाजको सहसंयोजनमा र्यालीको आयोजना गरिएको थियो । मङ्गलबजारबाट परम्परागत बाजागाजा र वेषभूषासहित सौघाललगायत भित्री सहर हुँदै पुनः मङ्गलबजार पुगेर र्यालीको समापन भएको थियो ।
कार्यक्रममा नेपाल भाषा मंका खलः ललितपुरका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिइसकिएकाले यसलाई सरकारी कामकाजको मान्यता दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताए ।
News Desk 0 response शुक्रबार, कार्तिक १९, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३