-
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांगे्रस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेकाछन् ।
नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा एकीकृत समाजवादी का ३ तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा उनले मङ्गलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेकाहुन ।
प्रदेशसभा हाल ३५ सदस्यीय छ । बहुमतका लागि १८ सदस्य आवश्यक पर्छ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बेलुका ७ः३० बजे संविधानको धारा १६८ ९२० बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि २४ घण्टाभित्र दाबी पेस गर्न आह्वान गरेका थिए । सोही बमोजिम शाहीले मुख्यमन्त्रीमा मंगलबार दाबी पेश गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिए।
प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा दाबी गरेका शाहीको शपथ ग्रहण आज राति साढे ८ बजे गर्ने तयारी गरेको उनले जानकारी दिए । मुख्यमन्त्री शाहीले शपथ ग्रहण गरेपनि अरु मन्त्रीले भने एक÷दुई दिनमा शपथ ग्रहण गर्ने बताइएको छ ।
News Desk 0 response मङ्लबार, कार्तिक १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





