-
सूचना सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास विनाको राजनिती खोक्रो नारा मात्र भएको वताएका छन ।सुनसरीको वराहक्षेत्रमा नेपाली काँग्रेस बराहक्षेत्रले आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कार्कीले विकास विना राजनिती खोक्रो नारा मात्र भएको वताएका हुन ।
मन्त्री कार्कीले विकास विना खोक्रो नारा मात्र लगाउने काम साम्यवादीहरुले गर्ने गरेको भन्दै आफुहरुले गर्छाै भनेको काम पुरा गरेर छोडने दावी समेत गरे । आफु निर्वाचित भएको सुनसरीको क्षेत्र नम्बर ४मा पर्ने सुनसरीको प्रकासपुर र चक्रघट्टीलाई स्मार्टसिटीका रुपमा अगाडि वढाउन विस्तृत अध्ययनका लागि बजेट छुट्याई सकेको समेत मन्त्री कार्कीले वताए ।नेपाली काँग्रेसका प्रभावशाली नेता समेत रहेका कार्कीले अघिल्लो ओली सरकारले ३ वर्षमा राज्य प्रसाशनलाई दुरुपयोग गरेको आरोप पनि लगाए उनले अहिलेको सरकारले सबैको स्वतन्त्रताका निमित्त ,सबैको आत्मसम्मानको निमित्त,सबैलाई न्यायबाट बञ्चीत नहुने गरी काम गर्ने वताउदै आस्थाका आधारमा कसैलार्ई अन्याय नगर्ने समेत वताए ।
कोशीका कारण पिडीत वन्दै आएका कोशी कटान डुवान पिडीतहरुका लागि सरकारले गर्न सक्ने जति गर्ने समेत मन्त्री कार्कीले आश्वासन दिए ।
कार्यक्रममा राष्ट्यि भुमि आयोगका अध्यक्ष केशव निरौलाले नेपालमा २० देखि ३० लाख अव्यवस्थित वसोवास रहेको वताउदै भुमिहिनहरुका विषयमा राजनैतिक नाराका रुपमा मात्र विगत देखि उठाउदै आएकोमा त्यसको अन्त्य गर्ने गरी काम गर्ने दावी गरे ।
News Desk 0 response सोमवार, कार्तिक १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





