• सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश एकमा नेकपा (एकीकृत समाजवादी) को नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् ।

    शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका कार्कीले कांग्रेस गठवन्धनको निर्णय बमोजिम अघि बढ्ने भन्दै प्रदेश एकमा नेकपा एसको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका हुन् । उनले पार्टी निर्णय विपरित नजान प्रदेश १ का कांग्रेस प्रदेश सभा सदस्यलाई निर्देशन समेत दिए ।

    मन्त्री कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाँटेर समय व्यतित गरेको आरोप लगाए । उनले विगतको सरकारले के गर्यो र गरेन भन्दा पनि वर्तमान सरकारले के गर्दैछ भन्ने कुरा महत्वपूर्ण हुने बताए ।

4565