• नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवासहितका नेताले पार्टीमा बेथिती फैलाएको आरोप लगाएका छन ।

    आईतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले पार्टी भित्र बेथिती फैलाएको आरोप लगाएका हुन । इतिहास मै १४ औँ महाधिवेशनमा जस्तो पार्टीमा किचलो र अस्तव्यस्त कहिल्यै नभएको उनको भनाइ छ ।

    नेता सिंहले मधेसमा देखिएको नागरिकता सहितको समस्याहरुलाई अविलम्ब सरकारले समाधान गर्नुपर्ने बताए ।

4565