-
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन २–४ दिन अघिपछि भएपनि केहि फरक नपर्ने बताएका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री देउवाले महाधिवेशन पर सार्ने पक्षमा आफू नरहेको बताए ।
महाधिवेशन तोकिएकै मितिमा गर्ने उनको दाबी छ । उनले २–४ दिन यताउता भएर केही फरक नपर्ने बताए । उनले पार्टीको आन्तरिक अधिवेशन हार्दिकताका साथ सम्पन्न गर्न समेत निर्देशन दिएका छन् ।
सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित भएकालाई उचित राहत र सहयोग उपलब्ध गराउने भन्दै देउवाले मृतकका परिवारलाई २ लाख उपलब्ध गराइने बताए ।प्रधानमन्त्री देउवाले विपदमा परेका जनतालाई सरकारले हेर्ने बताए । त्यसअघि प्रधानमन्त्री देउवाले पाँचथर र इलामका प्रकोप प्रभावित क्षेत्रहरुको स्थलगत अवलोकन गरेका थिए ।
News Desk 0 response आइतवार, कार्तिक ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





