• नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु सिद्धान्त र व्यवस्थाका लागि लडिरहेकाले समयमा नै महाधिवेशन हुनुपर्ने बताएका छन । बर्दियाको राजापुर र गेरुवा गाउँपालिकाको बाढी पिडित क्षेत्रको निरिक्षण गर्न पुगेका पौडेलले अरुलाई लोकतन्त्रको पाठ सिकाउने काँग्रेस नेतृत्व आफु भने अलोकतान्त्रिक भएको आरोप लगाए । उनले पार्टीलाई कमजोर बनाएर ब्यक्ति बलियो बनाउन नेतृत्व पंक्ति लागि परेको बताए ।

    निरिक्षणका क्रममा पौडेलले धान भित्राउने बेला बाढीले किसानको बाली तथा जग्गा कटान गरेकाले किसानलाई यथाशिघ्र क्षतिपुर्ति दिन सरकारलाई आग्रह गरे ।।

4565