• नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गरेको छ । आइतबार विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले १५ सदस्यीय पदाधिकारीको परिमार्जित प्रस्ताव अघि सारेका थिए ।

    सो प्रस्ताव सर्वसम्मतले पारित भएको हो । एमाले पदाधिकारीमा अब अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको संख्या ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ जना रहने छन् । यसैगरी नेकपा एमालेले आफ्नो आधिकारिक लोगो पनि फेरेको छ ।

    विधान महाधिवेशनमा उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्ताव गरेको लोगो सर्वसम्मतले पारित भएको हो । एमालेको अवको लोगो सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा रहनेछ ।

4565