• नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने बताएका छन् । बिहीबार संसदबाट बाहिरिदै गर्दा भट्टराईले आफुहरुको उठान गरेका मुद्धामा सत्तापक्ष वा सभामुखले समाधानमुखी प्रयासका लागि एमालेसंग मात्र सिधै छलफल गर्नुपर्ने माग गरे । अरु गठबन्धन दलसंग बसेर छलफल गर्न आवश्यक नरहेको र एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुने जानकारी दिए ।

    उनले एमाले संवादमा बिश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार रहेको पनि स्पष्ट पारे । एमालेका माग निरुपण गर्ने गरि सरकार र सभामुखले छलफल नै नगरेको भट्टराईको आरोप छ ।

    प्रमुख सचेतक भट्टराईले आफ्ना सांसदको कारवाहीका बिषयमा सभामुखसंग र पार्टी फुटाउन संसद छलेर अध्यादेश ल्याउने र फिर्ता गर्ने बिषयमा सरकारसंग आपत्ती रहेको उल्लेख गरे ।

4565