-
नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद जबजका सारभूत विचारलाई अवलम्बन गर्ने बताएका छन् । त्यस्तै बैठकले अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सुझाव सहित पारित पनि गरेको छ ।
बुधबार दोस्रो दिन बसेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले जबजका सारभूत विचारहरुलाई अवलम्बन गरेर समाजवाद र समृद्धिको यात्रामा जाने आफूहरुको अठोट रहेको बताएका हुन् । जबज पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्ने सन्दर्भमा देखा परेको सिर्जनात्मक अध्याय भएको जिकिर गर्दै नेपालले बैठकमा जबजलाई थप विकसित गर्दै लगिने धारणा राखेका थिए ।
बैठकले अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित पनि गरेको छ । मंगलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष नेपालले १२ पृष्ठको प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमाथि छलफलका लागि पाँचवटा समूह बनाइएको थियो । समूह नेताहरुले दिएका सुझावलाई ग्रहण गर्दै सुझावसहित राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिने गरी पारित गरेको छ ।
समूहगत छलफलको नेतृत्व समूह १ बाट रामकुमारी झाँक्री, समूह २ बाट रामचन्द्र साह, समूह ३ बाट रमा आले, समूह ४ बाट श्रीप्रसाद साह र समूह ५ बाट दिनेश राईले गरेका थिए । बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै नेताहरु मार्फत् पार्टीको चुनाव चिन्हको सन्दर्भमा विभिन्न सुझावहरु आएको भन्दै पार्टीको चुनावचिन्ह निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पनि विभाग प्रमुख खतिवडाले जानकारी दिए । नेकपाको बिहिरबार बस्ने बैठकले पार्टीको महासचिव चयन गर्ने बताइएको छ ।
महासचिवमा वेदुराम भुसाल र राजेन्द्र पाण्डेमध्ये एक जनालाई ल्याउने तयारी गरिएको छ । त्यस्तै बैठकले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको अन्तिम टुंगो लगाउने बताइएको छ ।
News Desk 0 response बुधबार, अशोज ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





