• आज, असोज ३ गते, सातौ संविधान दिवस । संविधान दिवसका दिन सरकारी, गैर सरकारी तथा निजी क्षेत्रले विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । तर सरकारले सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको कार्यक्रममा एउटा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल सहभागि भएनन् ।

    हरेक वर्ष संविधान दिवसका दिन सैनिक मञ्च टुँडिखेलमा सरकारले संविधान दिवस विशेष कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्ष दलका नेता, मन्त्रीहरु तथा सांसदसहितका उच्च पदस्त सरकारी अधिकारी सहभागी हुँदै आएका छन् । तर यो पटकको संविधान दिवसमा सत्तारुढ गठनबन्धको एउटा दल र प्रमुख प्रतिपक्षले नै बहिस्कार गरेका छन् ।

    सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालले वक्तव्य नै जारी गरेर संविधान दिवस बहिस्कार गर्ने घोषणा गरेको थियो । संविधानलाई अधुरो भन्दै कालो दिनको रुपमा मधेस केन्द्रीत दलहरुले मनाउँदै आएका छन् । सत्तामा रहेको जसपाले संविधान दिवसको कार्यक्रम बहिस्कारमात्र गरेर उसको नेतृत्वमा सरकार रहेको प्रदेश २ मा संविधान दिवसमै कार्यक्रम आयोजना भएन ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको विरोध गर्न, संविधान दिवसका सबै कार्यक्रम बहिष्कार गर्न आह्वान गरेका थिए । यता संविधान दिवसको दिन टुँडिखेलमा आयोजित कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि कार्यक्रम ‘बहिस्कार’ ग¥यो ।

    प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी ओलीसहितका नेताहरु टुंडिखेलका कार्यक्रममा सहभागी भएनन् । सरकारी कार्यक्रम बहिष्कार गरेको नेकपा एमालेल ओलीको प्रमुख आतिथ्यातामा तुल्सीलाल स्मृति भवन च्यासलमा संविधान विषेश कार्यक्रम गरेको छ ।

    प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सत्तारुढ गठबन्धनले ओली सरकारविरुद्ध आन्दोलन गरेको थियो । ओलीले दुई दुई पटक गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएको थियो ।

4565