-
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पुर्णता पाउने बताएका छन् । आज विहान काठमाडौंको आलोकनगरमा पार्टी केन्द्रीय कार्यालयको उदघाटन गर्दै उनले छिट्टै मन्त्रिपरिषद विस्तार हुने बताएका हुन । अध्यक्ष नेपालले सरकारमा जान एकीकृत समाजवादी भने तयारी अवस्थामा रहेको बताए ।
नेता नेपालले सत्ता साझेदार दलहरुले केन्द्र र प्रदेश सरकारसम्म सहकार्य गरेर जाने पनि स्पष्ट पारे । प्रदेश नम्बर एक र तीनमा समाजवादीले मुख्यमन्त्री दाबी गरिरहेको छ । कुनै पनि दिन ती प्रदेशमा मुख्यमन्त्री फेरिएको खबर आउने अध्यक्ष नेपालले जानकारी दिए ।
गठबन्धन तोड्न अनेक प्रयास भइरहेको भन्दै त्यसलाई सफल हुन नदिइने पनि नेपालले उल्लेख गरे । आगामी चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धन मिलेर एमालेविरुद्ध जाने नेता उनको भनाइ छ । एमाले दक्षिणपन्थी भासमा डुबेकाले त्यो पार्टीसँग भने गठबन्धन नहुने उनले स्पष्ट पारे । अध्यक्ष नेपालले आफ्नो पार्टी अन्य पार्टीभन्दा फरक भएर देखाउने प्रतिबद्धता समेत जनाए । उनले एमसीसीको निम्ति सीमा नाघेर केपी ओलीको सरकारले काम गरेकाले अहिले प्रश्न सोधेर पठाइएको समेत उल्लेख गरे ।
News Desk 0 response शुक्रबार, अशोज १, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





