• संसद् बैठकमा भइरहेको अवरोध हटाउनका लागि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएकाछन् ।

    संसदमा जारी अवरोध हटाउने बिषयमा छलफल गर्न सभामुखले सर्वदलीय बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । बैठकमा एमालेले गरेको अवरोध हटाउने र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए ।

    आइतबार पनि सभामुखले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भएको र सोमबार पनि शिर्ष तहमा छलफल हुने उनको भनाई छ । उनले संसदमा अध्यादेश र बिधेयक अघि बढाउनुपर्ने भएकाले संवाद पनि गर्ने र संसदको प्रक्रिया पनि अघि बढाउनुपर्ने अवस्था आएको धारणा राखे ।सभामुखको भूमिकाप्रति असन्तुष्टि राख्दै एमालेले लगातार संसदमा अवरोध गर्दै आएको छ ।

4565