• नेकपा माओवादी केन्द्रले महाकाली नदिमा एक नेपाली बेपत्ता भएको घटनामा सरकारले भारतसंग वार्ता गर्नुपर्नेमा जोड दिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले महाकाली घटनाको विषयमा भारतसँग कुरा गर्नुपर्ने निस्कर्ष निकालेको हो । त्यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’का बारेमा माओवादीको यसअघिको धारणा कायमै रहेको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ । हुम्लाको हिल्सा सीमा क्षेत्रको अध्ययनका लागि राष्ट्रिय सहमति गरेर मात्रै निर्णयमा पुग्नुपर्ने माओवादीको भनाइ छ ।

    हुम्ला जिल्ला स्थित उत्तरीक्षेत्रको सीमानासँग देखिएका समस्याको अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले एक अध्ययन समिति गठन गरेको थियो । त्यस्तै बैठकले केन्द्रीय निकायहरुमा पदपूर्तिका लागि सुझाव दिन गिरिराजमणि पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएको छ । अन्य दलबाट आएका नेताहरुको समायोजनका लागि सुझाव दिन गठित पोखरेल नेतृत्वको कार्यदललाई नै पार्टीको केन्द्रीय निकायहरुमा पूर्णता दिने जिम्मेबारी दिइएको हो ।

4565