• केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको वजेटको टुंगो लगाउनका लागि सरकारले भदौ महिना भित्रै संसदको अधिवेशन बोलाउनुपर्ने भएको छ । संसद प्रतिस्थापन विधेयक प्रस्तुत गर्न नसके ६० दिनपछि अध्यादेशहरु स्वतः निस्क्रिय हुने संवैधानिक व्यवस्था छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले जारी गरेका अध्यादेशहरुलाई लागू गराउन संसद प्रतिस्थापन विधेयक आवश्यक रहेको बताए ।

    सरकारले बजेटसम्बन्धी अध्यादेशसंगै १५ वटा अध्यादेश संसदमा पेस गरेको भदौ ३० मा ६० दिन पुग्दै छ  । ६० दिनभित्र संसद्बाट प्रतिस्थापन विधेयक पारित गर्न नसके स्वतः खारेज हुने संवैधानिक प्रावधान छ । सरकारले १६ दिनभित्र संसद् अधिवेशन बोलाएर प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने हुन्छ, त्यो नभए फेरि अध्यादेश जारी गर्नुपर्छ ।

    यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतको अध्यादेश पनि १६ दिनभित्रै प्रतिस्थापन गरिसक्नुपर्ने छ ।

4565