• प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविच आज विहान भेटवार्ता भएको छ । सरकार विस्तारका विषयमा दुई नेताविच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । दुई नेताबीच केही दिनमै मन्त्रिपरिषदलाई पुर्णता दिने सहमति भएको छ ।

    माधवकुमार नेपाल नेतृत्वको दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकार विस्तारमा सत्तारुढ दुई दल नेपाली कांग्रेस र माओवादीले छलफल थालेका हुन । सत्तारुढ गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन ।

    गठबन्धनमा सहभागी जनमोर्चाले सरकारमा सहभागि नहुने बताएको छ । सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी भने सरकारमा सहभागी हुने नहुने टुंगो लागिसकेको छैन । कांग्रेसले कुल सात, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाबीच समान रूपमा एक राज्यमन्त्रीसहित छ–छ मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक तयारी छ ।

    असार २९ गते प्रधानमन्त्री नियु्क्त भएका देउवाले अहिलेसम्म चारमन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार चलाइरहेका छन । सरकार बनेको लामो समयसम्म सरकार विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना समेत हुँदै आएको छ ।

4565