-
ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि संचालन हुँदै आएकोे ऐतिहासिक नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर ललितपुरमा शुक्रबार सम्पन्न भएको छ । पाटनको गाःबहाल टोलको दुनेचोकमा नृसिंहलाई विशेष तान्त्रिक पुजा गरेपछि सुरु भएको जात्रा पाटनका विभिन्न ठाँउमा परिक्रमा गरेपछि पुनः गाबहाल पुगेर समापन भएको हो ।
ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिहं जात्रा संचालन गर्ने गर्दछ । यसपाली गाबहालका कोमलेशाननद राजोपाध्यायको परिवारले सञ्चालन गर्ने जिम्मा पाएको हो । नृसिहं जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिहं सहित लक्ष्मी, सरस्वती ,भक्त प्रल्हादको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डी लगायतविभिन्न ठाउँमा यात्रा गर्ने चलन छ । तर यसपाली कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकोले जात्रा सामान्य रुपमा संचालन गरियो ।
कार्तिक नाचका क्रममा निस्कने नृसिहंलाई उग्र रुपको नृसिंह मानिन्छ भने भदौमा निस्कने नृसिंहलाई शान्त स्वभावको रुपमा लिइन्छ । नेपाल सम्बत ७ सय ५१ अर्थात विक्रम सम्वत १६८८ देखि यो जात्रा निरन्तर सञ्चालन भइरहेको लिखित दस्ताबेज छ ।
News Desk 0 response शुक्रबार, भदौ ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२