-
ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि संचालन हुँदै आएकोे ऐतिहासिक नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर ललितपुरमा शुक्रबार सम्पन्न भएको छ । पाटनको गाःबहाल टोलको दुनेचोकमा नृसिंहलाई विशेष तान्त्रिक पुजा गरेपछि सुरु भएको जात्रा पाटनका विभिन्न ठाँउमा परिक्रमा गरेपछि पुनः गाबहाल पुगेर समापन भएको हो ।
ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिहं जात्रा संचालन गर्ने गर्दछ । यसपाली गाबहालका कोमलेशाननद राजोपाध्यायको परिवारले सञ्चालन गर्ने जिम्मा पाएको हो । नृसिहं जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिहं सहित लक्ष्मी, सरस्वती ,भक्त प्रल्हादको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डी लगायतविभिन्न ठाउँमा यात्रा गर्ने चलन छ । तर यसपाली कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकोले जात्रा सामान्य रुपमा संचालन गरियो ।
कार्तिक नाचका क्रममा निस्कने नृसिहंलाई उग्र रुपको नृसिंह मानिन्छ भने भदौमा निस्कने नृसिंहलाई शान्त स्वभावको रुपमा लिइन्छ । नेपाल सम्बत ७ सय ५१ अर्थात विक्रम सम्वत १६८८ देखि यो जात्रा निरन्तर सञ्चालन भइरहेको लिखित दस्ताबेज छ ।
News Desk 0 response शुक्रबार, भदौ ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३