• नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको स्थायी कमिटि बैठकले पार्टीलाई व्यवस्थित गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता र पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । कम्युनिस्ट आन्दोलनमा देश र जनताको पक्षमा उभिएका र समाजवादको पक्षमा रहेका सबैसँग एकताका लागि बार्ता गर्ने बैठकले निर्णय गरको छ ।

    बैठकले पार्टीका विभाग प्रमुख र ईञ्चार्ज तोकेको छ भने राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने पनि निर्णय गरेको छ ।

4565