• देशको राजनितिक व्यवस्था र सरकार परिवर्तनसँगै विद्यार्थी संगठनहरुको भुमिकामा पनि परिवर्तन हुने गरेको छ । विद्यार्थी संगठनहरु आफ्नो माउ पार्टी सत्तामा हुदा सहयोग र विपक्षमा हुँदा सरकार विरोधी भूमिकामा देखा पर्ने गरेका छन् । शैक्षिक मुद्दा, विद्यार्थीका हकहितका मुद्दा भन्दा बढि राजनीति मुद्दामा केन्द्रीत हुने गरेका कारण विद्यार्थी आन्दोलन नै संकटमा पर्दै गएको छ ।

    झण्डै आठ दशक लामो इतिहास बोकेको बिद्यार्थी आन्दोलन पंचायती व्यवस्थाको विरुद्धको राजनीतिक पार्टीको खुला मोर्चाका रुपमा विकसित भएको हो । पंचायती व्यवस्था विरोधी जगमा सुरु भएको विद्यार्थी आन्दोलनको भूमिकालाई विद्यार्थी संगठनहरुले परिवर्तन गर्न नसक्दा अहिले कमजोर बनेको हो ।

    विद्यार्थी आन्दोलनका लागि अहिले पनि धेरै शैक्षिक मुद्दा विद्यामान छन् । कोरोनाका कारण शैक्षिक गतिविधी शुन्य जस्तै बनेका छन् । कति समयदेखि परीक्षा हुन सकेको छैन् । नीजि शैक्षिक संस्थाहरुले चर्को शुल्क असुल्नदेखि विद्यार्थीहरुलाइ्र्र कोरोना विरुद्धको खोपको व्यवस्था गर्नेसम्मका शैक्षिक मुद्दा छोडेर विद्यार्थी संगठनहरुको आन्दोलन अहिले पनि राजनीति मुद्दामा केन्द्रीत हुने गरेको छ ।

    राजनीति पृष्ठभूमीबाट सुरु भएको नेपालको विद्यार्थी आन्दोलन हाँकने विद्यार्थी संगठनहरुले शैक्षिक मुद्दा कम र राजनीति मुद्दा बढि उठाउदै आएका छन् । त्यती मात्र होइन विद्यार्थी संगठनको आन्दोलनको स्वरुपबाट पनि आम नागरिक आजित बन्दै आएका छन् । सडक नै ठप्प पारेर गर्ने विद्यार्थी संगठनको आन्दोलनको शैलीबाट सवैभन्दा पिडित विद्यार्थी र सर्वसाधारण हुने गरेका छन् ।

4565