-
नेपाली काँग्रेसका संस्थापन इतरका अधिकांश जिल्ला सभापतिहरुले तोकिएको समयमा नै महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने जनाएका छन् ।
दुई दिनसम्म काठमाडौंमा चलेको भेलापछि मंगलबार बरिष्ठ नेता रामचन्द्र पाडैलपक्ष नेताहरुसंग छलफल गर्दै काँग्रेसको वैधानिकतामाथि संकट रहेको भन्दै वैधानिकताको संकट टार्न विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालिएको काँग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए । उनले अहिले देखिएको क्रियाशिल सदस्यता विवादलाई बिधि र बिधानअनुसार समाधान गर्नुपर्ने धारणा राखे ।
तोकिएको समयमा नै महाधिवेशन हुन नसके १३ महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गरौँ भन्ने रहेको उनले बताए । क्रियाशील सदस्यता विवादबारे पनि पार्टी केन्द्रीय समितिको बैठकको निर्णयअनुसार विवाद भएका ठाउँमा प्रक्रिया पुर्याएर क्रियाशील सदस्यता दिने र १३ औं महाधिवेशनको क्रियाशील सदस्यबाट अहिले अधिवेशन गर्दा समस्या समाधान हुन्छ भन्ने आफुहरुको ठहर रहेको उहाको भनाई छ ।
उनीहरुले जनतालाई महशुस हुनेगरि कांग्रेस नेतृत्वको सरकारले काम गर्नुपर्ने बताउनुभयो । सभापतिहरुको भेलाको निष्कर्ष बुधबार सार्वजनिक गरिने केसीले बताए ।
News Desk 0 response मङ्लबार, साउन २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





