• नेकपा एमालेको माधव नेपाल पक्ष युवा संघले भदौ अन्तिम सातासम्म केन्द्रदेखि स्थानीय तहसम्मै पिपुल्स भोलेन्टियर (पीभी) गठन गर्ने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघले साउन मसान्तभित्र सबै प्रदेश, भदौ १० गतेभित्र सबै जिल्ला र भदौ मसान्तसम्म सबै स्थानीय तहमा पीभी गठन गर्ने निर्णय गरेको हो । महिनामा २ दिन–२ घण्टा, मेरो राष्ट्रका लागि’ भन्ने अभियान सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष नरेशकुमार शाहीले बताए ।

    अध्यक्ष शाहीले नेपालमा बसोबास गर्ने र खोप लगाउन योग्य सबै समुदायलाई छिटोभन्दा छिटो, सहज र सर्वसुलभ रुपमा खोपको व्यवस्था गर्न सरकारसँग माग समेत गरे । उनले अध्यक्ष केपी ओलीको कार्यशैलीका कारण एमालेमा समस्या आएको आफ्नो निष्कर्ष पनि सुनाए ।

    संघले मातहतका कमिटीमा भेला र बैठकहरु आयोजना गर्ने निर्णय गरेको छ भने अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवसलाई भव्य र प्रभावकारी ढंगले देशैभरी मनाउने निर्णय पनि गरेको छ ।

4565