• नेपाली कांग्रेसका युवा नेताहरूले महाधिवेशन सुनिश्चित नगरिए ७७ वटै जिल्ला कार्यालयमा अनसन शुरू गर्ने चेतावनी दिएका छन् । विभिन्न जिल्लाका ५० जना भन्दा बढि युवा नेताहरुले कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई ३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । तत्काल महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न, समायोजनका नाममा बाँडिएका विधानविपरीतका सदस्यताको पुनः छानविन गर्न र विधिवत महाधिवेशन सुनिश्चित नगरे ७७ वटै जिल्लामा असन गर्ने चेतावनी दिएका हुन् ।

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएपनि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन कार्यतालिका अनुसार तल्लो तहको अधिवेश हुन सकेको छैन ।

4565