• लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन बोलाइएको छ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार १ बजे प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।

    संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनले सरकारविरूद्ध मंगलबार अविश्वास प्रस्ताव दर्ता गरेका छन् । सरकारविरूद्ध विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको यो तेस्रो पटक हो । यसअघि विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।

4565