• राष्ट्रियसभामा दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको विषयमा सत्ता पक्ष र विपक्षी सांसदहरुका बीचमा जुहारी चलेको छ । आजको बैठकमा विपक्ष एमालेका सांसदहरुले सरकारको चर्को आलोचना गरे । तर सत्तारुढ सांसदहरुले सरकारको बचाउ गर्दै भारतले सो घटनामा माफी माग्नुपर्ने बताए ।

    नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइनको तार काटिदिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको बताए । उनले छानविन समिति बनाएर परिपक्व कूटनीतिद्वारा सम्वाद गर्ने र आवश्यक पर्दा अडान लिने सरकारको बाटो ठीकै भएको बताउदै भारतले क्षमायचना गर्नुपर्ने बताए ।

    नेकपा एमालेका राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले दार्चुलामा घटेको एउटै घटनाले सरकारको परालको खुट्टो उदाङ्गो भएको टिप्पणी गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतिय समकक्षीसँग सम्वाद गरेर एसएसबीको जवानलाई तत्काल कारबाही गराउनुपर्ने होइन भनि प्रश्न गरे ।

    बैठकमा कांग्रेसका राष्ट्रिसभा सदस्य अनिता देवकोटाले दार्चुला घटनामा सरकारले निष्पक्ष छानविन गर्नुपर्ने बताइन् । उनले तुइत तर्नुपर्ने बाध्यात्मक अवस्थाको सदाका लागि अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

    मंगलवारको प्रतिनिधिसभा बैठकमा पनि सत्ता र प्रतिपक्षका सांसदहरुले दार्चुला घटनाको निष्पक्ष छानविनको माग गरेका थिए । साथै सो घटनामा भारतिय संलग्नताका बारेमा समेत सरकारको धारणा माग गरेका थिए ।

4565