• सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्णयका विरुद्ध महन्थ ठाकुर दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सो रिटमा सर्वोच्चले निर्वाचन आयोगलाई १५ दिनभित्र जवाफ दिन भनेको छ ।

    बुधबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सोही रिटको सुनुवाइ गर्दै निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने ? आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाइ’ लिखित जवाफ बुझाउन भनेको हो । साउन ११ गते जसपा कार्यकारिणी समितिको शशरिर सनाखत गर्दा यादव पक्षले बहुमत पनएपछि आयोगले पार्टीको आधिकारिकता उसैलाई दिएको थियो । सोही निर्णयविरुद्ध ठाकुर पक्ष साउन १५ गते सर्वाेच्च पुगेको थियो ।

4565