-
नेकपा माओवादी केन्द्रले सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम सोमबार टुंगो लगाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको माओवादी स्थायी कमिटी बैठकमा यस विषयमा छलफल भएपनि निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले सोमबार पुन बैठक बसेर यसबारेमा टुुङ्गो लगाउने बताए । गठवन्धनमा सामेत कतिपय दलले सरकारमा सामेत हुने नहुने अझै निर्णय नभएकाले ढिला भएको उनको भनाई छ ।
बैठकले माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिन पछि सार्ने निर्णय गरेको छ । साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको प्रवक्ता श्रेष्ठले बताए ।
त्यस्तै बैठकले भारतीय एसएसबीले तुइनको तार काटेका कारण नेपाली नागरिक नदीमा खसेको खबर आएको भन्दै त्यसबारे तत्काल छानविन गर्नुपर्ने निष्कर्ष निकालेको उनले जानकारी दिए ।
त्यस्तै बैठकमा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटना क्रममा बारेमा जानकारी गराएकाथिए । माओवादी स्थायी कमिटी बैठक सोमबार पनि बस्ने प्रवक्ता श्रेष्ठले बताए ।
News Desk 0 response आइतवार, साउन १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





