-
जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै महन्थ सर्वोच्च पुगेका हुन् ।
यसअघि नै महन्थ ठाकुरले साउन ८ गते शशरिर खनाखत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । तर उक्त रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि निर्वाचन आयोगले जसपाको आधिकारिकता शशरिर सनाखतका आधारमा उपेन्द्र यादव समूहलाई दिएको थियो । त्यही निर्णयविरुद्ध ठाकुर समूह सर्वोच्च गएको हो ।
उक्त रिटको पेसी साउन १७ गते आइतबारलाई तोकिएको छ । त्यसैगरी निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको रिटका सम्बन्धमा शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले लगाउमा राखी पेस गर्ने आदेश दिएको छ । अब आइतबारको पेसीमा दुवै मुद्दालाई एकै स्थानमा राखि हेरिने छ ।
News Desk 0 response शुक्रबार, साउन १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





