• नेपाली काँग्रेसका शीर्ष नेताबीच विवादित क्रियाशील सदस्यता टुंग्याउन नयाँ मापदण्ड बनाउने सहमति भएको छ । शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको शीर्ष नेताबीचको छलफलमा विवादित विषय टुंग्याउन नयाँ मापदण्ड बनाउने सहमति भएको हो ।

    छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए । छानविन समिति प्रवेश नै नगरी नेतृत्व तहमा बुझाएको सप्तरी र बाराबाट आएको क्रियाशील सदस्यताका सन्दर्भमा नयाँ मापदण्ड बनाइने छ । यस्तै धनुषा ४ नम्बर क्षेत्र र सर्लाही २ नम्बर क्षेत्रका सन्दर्भमा जारी अनशन र धर्नालाई सम्बोधन गरिने सहमति भएको सहमहामन्त्री डा प्रकाशशरण महतले बताए ।

4565